नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ८९ करोडको कारोबार



काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार हरियो बनेको छ। आइतबार झिनो गिरावटसहित बन्द भएको बजार यसदिन नेप्से ९.७८ अंकले बढेर दुई ५५०.३६ मा पुगेको छ।

पछिल्ला सात कारोबार दिनमध्ये पाँच दिन शेयर बजारमा गिरावट आएको थियो, त्यसबाहेकका दिनहरूमा मात्रै न्यून अंकको वृद्धि देखिएको थियो। यस अवधिमा नेप्सेले अधिकतम ३० अंकसम्म घट्दा बढ्दा पनि ३ अंकभन्दा माथि उक्लिन सकेको थिएन।

आज १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यसदिन निर्जीवन बीमा र अन्य उपसमूहबाहेक अन्य उपसमूहहरू उकालो लागेका छन्।

यसदिन कारोबार रकम पनि सामान्य बढेको छ। आइतबार ३ अर्ब ४२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८९ करोड रुपैयाँ कारोबार भएको छ।

प्रकाशित मिति : मंसिर १, २०८२ सोमबार  ३ : ५५ बजे