निर्वाचनबारे प्रधानमन्त्री कार्कीले गरिन् नागरिक समाजका अगुवाहरुसँग छलफल



काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनबारे प्रधानमन्त्री सुशीला कार्कीले नागरिक समाजका अगुवाहरूसँग छलफल गरेकि छन् ।

सोमवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र निष्पक्ष, भयरहित तथा स्वच्छ वातावरणमा निर्वाचन सम्पन्न गर्ने विषयमा प्रधानमन्त्री कार्कीले नागरिक अगुवाहरुसँग छलफल गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

उनका अनुसार घोषित मितिमा निर्वाचन सम्पन्न गर्नुका साथै मुलुकमा भ्रष्टाचार नियन्त्रणी गरी सुशासन कायम गर्न गम्भीर भएर लाग्न नागरिक अगुवाहरुले सुझाव दिएका छन् ।

प्रकाशित मिति : मंसिर १, २०८२ सोमबार  ७ : ५४ बजे