बुधबार २ हजार ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

बुधबार सुन २ हजार ८ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार २ लाख ३९ हजार ५ सयमा कारोबार भइरहेको सुन आज २ लाख ४२ हजार ३ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य १ सय ४० रुपैयाँले बढेको हो । आज चाँदी आज ३ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति : मंसिर ३, २०८२ बुधबार  ११ : ३९ बजे