एन आईसी एशिया बैंकको प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारी परिवर्तन



काठमाडौं । एन आईसी एशिया बैंकको प्रमुख सूचना अधिकारीमा सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र प्रमुख गुनासो अधिकारीमा प्रमुख सञ्चालन अधिकृत र कम्पनी सचिव कमल खड्का नियुक्त भएका छन् ।

आज मंसिर ३ देखि लागू हुनेगरी नियुक्त भएका प्रमुख सूचना अधिकारी जयन्द्र रावललाई मोबाइल नम्बर ९८५१२३१३३२ वा ०१–५९७०१०१ मा सम्पर्क गरी बैंकको आधिकारिक जानकारी तथा सूचनाको प्राप्त गर्न सकिनेछ ।

साथै, यस बैंकको बैंकिङ्ग सेवा सम्बन्धि कुनै पनि गुनासो भएमा प्रमुख गुनासो अधिकारी श्री कमल खड्काज्यूको मोबाइल नम्बर ९८०१९७७९३६ वा कार्यालयको फोन नम्बर ०१–५९७०१०१ मा सम्पर्क गर्न वा [email protected] इमेल गरी गुनासोको सम्बोधन गर्ने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : मंसिर ३, २०८२ बुधबार  ५ : ०३ बजे