काठमाडौं । स्थानिय बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४८ हजार ४०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य भने तोलामा ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन बुधबार ३ हजार २२० रहेको प्रतितोला चाँदीको मूल्य बिहीबार ३ हजार २८० पुगेको हो ।














