काठमाडौं । पछिललो समय डीपल ब्राण्ड सवारि साधनको विश्व बजारमा निकै चर्चामा छ । डीपल S07को कहानी कुनै कारखाना वा ठूला कर्पोरेट हाउसको बैठककक्षबाट सुरु भएको होइन। यसको यात्रा विश्वका धेरै प्रसिद्ध कारहरूको डिजाइन जन्मिएको इटालीको सुन्दर र कलात्मक शहर टुरिनबाट सुरु भएको हो।
युरोपका प्रसिद्ध कारहरू डिजाइन गरिएको शहरमै डीपलले आफ्ना डिजाइनरहरूलाई एउटा नयाँ प्रकारको इलेक्ट्रिक एसयुभीको रचना गर्न लगायो जसले एग्रेसिभभन्दा इलिगेन्ट महसुस गराओस्, हल्लाभन्दा शान्त रहोस्, र कुनै एक देशका लागि होइन, विश्वकै लागि बनिएको जस्तो देखियोस्। जुनसुकै देशमा देख्दा पनि सुन्दर र आकर्षक लाग्ने इलेक्ट्रिक एसयुभी बनाउने लक्ष्य सरल भए पनि साहसी थियो।
इटालियन डिजाइन टोलीले S07 लाई धेरै आधुनिक एसयुभीहरूमा देखिने कडा धारहरूलाई छोडेर मसिना लाइनहरू, सन्तुलित बनावट र एरोडाइनामिक रूपरेखामा आधारित बनाए। सुरुका स्केचहरूमा दृश्यात्मक तडकभडक भन्दा भावनात्मक उपस्थिति महत्वपूर्ण थियो। यो डिजाइन चीनस्थित डीपलको इन्जिनियरिङ हेडक्वार्टरमा पुगेपछि यसमा युरोपियन सरलता र चिनियाँ प्रविधिको महत्वाकांक्षा मिसियो। यहि अन्तरमहादेशीय मिश्रणबाट नै हाम्रो S07 को पहिचान बनेको हो।
इन्जिनियरिङ सुरु भएपछि S07 अझ आकर्षक बन्न थाल्यो। चांगानको उन्नत न्यू इनर्जी आर्किटेक्चरमा बनेको यस एसयुभीमा स्मूथ पावर दिने इलेक्ट्रिक मोटर, लामो दूरीसम्मको रेन्ज दिने ब्याट्री र दैनिक प्रयोगलाई ध्यानमा राखेर तयार गरिएको संरचना थियो। यसलाई स्थिर, शान्त र आरामदायी बनाउन ट्युन गरिएको थियो जसलाई पछि समीक्षकहरूले “शान्त”, “नयाँ ईभी ब्रान्ड भइकन पनि असाधारण रूपमा परिपक्व” भनेर वर्णन गरे।
सन् २०२४ र २०२५ को सुरुमा S07 ले विश्वभरका परीक्षणहरू पूरा गर्यो जहाँ इन्जिनियरहरूले यसलाई युरोपेली ह्यान्डलिङ ट्र्याकहरू, विभिन्न मौसमको परिक्षण र लामो दूरीका टिकाउ परीक्षणहरूमा लगे। नतिजा कैयौँ प्रिमियम ब्रान्ड बराबर उत्साहजनक पाइयो जहाँ उत्कृष्ट बडी कन्ट्रोल, आरामदायी सस्पेन्सन र भित्री आवाज अत्यन्तै कम थियो। सन् २०२५ को अन्त्यतिर अन्तर्राष्ट्रिय समीक्षकहरूले यो गाडीको परीक्षण गर्ने बेलासम्म S07 पहिले नै विभिन्न महादेशमा प्रमाणित भइसकेको थियो।
प्रदर्शनले मात्र होइन, गाडीको मनमोहक भित्री वातावरणले नै विश्वको ध्यान तानेको थियो। ठूलो पानोरेमिक ग्लास रुफ, मिनिमलिस्ट ड्यासबोर्ड, इसइलिगेन्ट लाइटिङ र फ्लोटिंग सेन्टर कन्सोल सहित S07 को क्याबिन आधुनिक बस्ने कोठाजस्तै लाग्थ्यो। समीक्षकहरूले यसलाई “शान्तिपूर्ण,” “बसौं बसौं लाग्ने,” र “अप्रत्याशित रूपमा आरामदायी” जस्ता शब्दमा वर्णन गरेका छन्। धेरैलाई S07 को क्याबिनले दिने भावनात्मक आरामले चकित पार्यो जुन नयाँ ईभी ब्रान्डबाट खासै अपेक्षा नगरिने गुण हो।
२०२५ को अन्त्यसम्म, S07 ले युरोप, मध्यपूर्व र एसियाका उपभोक्ताबाट प्रशंसा पाइसक्यो। इटालीमा जन्मिएको, चीनमा परिमार्जित भएको र विश्वभर मन पराइएको यसको यात्राले नयाँ युगको ग्लोबल अटोमोटिभ कोलाबोरेसनलाई चिनायो। S07 ले हल्लाखल्ला र भविष्यवादी शैलीले होइन, मानवीय सौन्दर्य र सहजताबाट मानिसहरूको मन जितेको छ।
प्रविधि तीव्र गतिले अघि बढिरहेको यस संसारमा, डीपल S07 ले न्यानोपन, इलिगेन्स र विश्वव्यापी समन्वयनै सबैभन्दा शक्तिशाली इनोभेसन हुन सक्छन् भन्ने प्रमाणित गर्यो।














