सुनको मूल्य घट्यो, तोलामा कति पूग्यो ?



काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य ९०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ५२ हजार ४०० रुपैयाँ कारोबार भइरहेको छ ।

चाँदीको मूल्य तोलामा ७० रुपैयाँ घटेको छ । महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य प्रतितोला तीन हजार ५५५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : मंसिर १९, २०८२ शुक्रबार  ११ : ३३ बजे