सामसङले नेपालमा सार्वजनिक गर्‍यो ‘ग्यालेक्सी ट्याब ए ११ प्लस’



, काठमाडौं । सामसङले नेपालमा नयाँ ग्यालेक्सी ट्याब ११ प्लस औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

विद्यार्थी, परिवार र दैनिक प्रयोगकर्ताका लागि डिजाइन गरिएको यो ट्याबलेटमा स्मार्ट ब्क्ष् क्षमता, शक्तिशाली पर्फमेन्स र प्रिमियम मेटल फिनिशको आकर्षक संयोजन रहेको कम्पनीले जनाएको छ ।

अपग्रेड गरिएको डिस्प्ले, क्वाड स्पिकर, मजबुत मल्टिटास्किङ र दीर्घकालीन सफ्टवेयर अपडेट समर्थनले Tab A11+लाई एक सुलभ मूल्यमा उन्नत अनुभव प्रदान गर्न सक्षम बनाउँछ।

नयाँ Tab A11+ मा सिल्भर र ग्रे कलर विकल्पसहितको स्लीक मेटल डिजाइन छ। ११-इन्चको इमर्सिभ डिस्प्लेले मनोरञ्जन, अनलाइन अध्ययन र उत्पादकतामा स्मूथ स्क्रोलिंग तथा उत्कृष्ट भिजुअल अनुभव दिन्छ। म्यदिथ Dolby Atmosसहितका क्वाड स्पिकरहरूले चलचित्र, क्लास वा संगीत—जुनसुकै प्रयोगमा—समृद्ध र सन्तुलित ध्वनि प्रदान गर्छन्।

4nm MediaTek MT8775 प्रोसेसरले यस ट्याबलेटलाई स्ट्रीमिङ, मल्टिटास्किङ र लर्निङ एप्सका लागि द्रुत र प्रतिक्रियाशील प्रदर्शन दिन सहयोग गर्छ। अनुकूलित चिपसेटले द्रुत एप-स्विचिङ, स्मूथ एनिमेशन र दिनभर सन्तुलित पावर उपयोग सुनिश्चित गर्छ।

Galaxy Tab A11+ ले मुख्य AI सुविधाहरू व्यापक प्रयोगकर्तासम्म पुर्‍याएको छ, जसमा समावेश छन्:

Solve Math on Samsung Notes – हस्तलेखन वा टाइप गरिएको गणितीय समस्याको चरणबद्ध समाधान
Google Gemini – दैनिक कामका लागि स्मार्ट संवादात्मक र भिजुअल AI सहायता

Circle to Search with Google – स्क्रिनमा देखिने सामग्रीलाई चिन्ह लगाएर तुरुन्त उत्तर प्राप्त गर्ने सुविधा

रियल-टाइम टेक्स्ट अनुवाद – लेख, पोस्ट र अनलाइन कन्टेन्टको तत्काल अनुवाद

यी फिचरहरूले त्बद ब्ज्ञज्ञं लाई विद्यार्थी, क्रिएटर र परिवारका लागि सिकाइ, सिर्जना र दैनन्दिन काममा भरपर्दो साथी बनाउँछन्।

Tab A11+ मा ठुलो अपग्रेडका रूपमा,Tab A11+ ले सात जेनेरेशनसम्म One UI अपग्रेड र सात वर्षका सुरक्षा अपडेट समर्थन गर्छ। यसले उपकरणलाई दीर्घकालीन रूपमा सुरक्षित, अद्यावधिक र विश्वसनीय बनाइदिन्छ—भविष्यमैत्री छनोटको रूपमा।

प्रप्रणयरत्न स्थापीत, निर्देशक, MX Business, Samsung Nepal ले भन्छन् :
“Galaxy Tab A11+ मार्फत हामी नेपालमा प्रिमियम उत्पादकता र AI-आधारित शिक्षालाई अझ धेरै प्रयोगकर्तासम्म पुर्‍याउन चाहन्छौं। लामो सफ्टवेयर र सुरक्षा प्रतिवद्धताले ग्राहकलाई दीर्घकालीन मूल्य प्रदान गर्छ। यो ट्याबलेट सिकाइ, सिर्जना र परिवारकै दैनन्दिन उपयोगिताका लागि उत्कृष्ट रूपमा डिजाइन गरिएको उपकरण हो।”


उपभोक्तालाई अझ सहज पहुँच दिन सामसुङले नेपालको प्रमुख वित्तीय संस्थासँग सहकार्य गर्दै Insta Finance—द्रुत, शून्य-व्याज EMI सुविधा—प्रस्तुत गरेको छ। यसले देशभरका प्रयोगकर्तालाई Tab A11+ सजिलै र किफायती रूपमा अपग्रेड गर्न सहयोग गर्छ।

Samsung Galaxy Tab A11+ अब देशभरका अधिकृत सामसुङ स्टोर र रिटेल पार्टनरहरूमा उपलब्ध छ।

  • 5G भेरियन्ट (8GB/256GB) — रु. 47,999
  • Wi-Fi भेरियन्ट (6GB/128GB) — रु. 34,999

दुवै भेरियन्टले शक्तिशाली AI क्षमता, स्मूथ प्रदर्शन, इमर्सिभ मनोरञ्जन र दीर्घकालीन सफ्टवेयर समर्थन प्रदान गर्दै उत्कृष्ट मूल्य–अनुभव सुनिश्चित गर्छन्।

प्रकाशित मिति : मंसिर १९, २०८२ शुक्रबार  ४ : ३२ बजे