एकैदिन तोलामा ३५ सय रुपैयाँले बढ्यो सूनको मूल्य



काठमाडौं ।स्थानिय बजारमा शुक्रबार सुनको मूल्य ह्वात्तै बढेको छ ।

आज सुनको मूल्य तोलामा ३५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन बजारमा सुनको मूल्य दुई लाख ५६ हजार ६०० रुपैयाँ पुगेको छ ।

यस्तै, आज चाँदीको मूल्य तोलाको तीन हजार ९०५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी तीन हजार ८०५ मा कारोबार भएको थियो ।

प्रकाशित मिति : मंसिर २६, २०८२ शुक्रबार  ११ : १८ बजे