काठमाडौं । स्थानिय बजारमा आइतबार सुनको मूल्य बढेको छ ।
आज सून तोलामै २२ सय रुपैयाँले बढेको हो ।यो हालसम्मकै उच्च मूल्य हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य दुई लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भैईरहेको छ ।
त्यसैगरी, चाँदी तोलामा ८० रुपैयाँ घटेको छ ।गत शुक्रबार तीन हजार ९०५ रुपैयाँ रहेको चाँदी आज तीन हजार ८२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।














