काठमाडौं । आईतवार शेयर बजार दोहोरो अंकले घटेको छ ।
आज १२.५० अंकले घटेसँगै धितोपत्र दोस्रो बजार मापक नेप्से २५९४.८७ बिन्दु कायम भएको हो ।
अघिल्लो दिन ३ अर्ब ४९ करोडको कारोबार भएकोमा आज ४ अर्बको कारोबार भएको छ ।
बैंकिङ समूह स्थिर रह्यो । विकास बैंक ०.३४, फाइनान्स ०.७८, होटल तथा पर्यटन ०.८८, हाइड्रोपावर ०.९३, लगानी ०.६५, जीवन बीमा ०.८७, उत्पादन तथा प्रशोधन ०.७२, माइक्रोफाइनान्स ०.२७, निर्जीवन बीमा ०.२९, अन्य ०.४८ तथा व्यापार ०.५९ प्रतिशत घटे ।
दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा स्वस्तिक लघुवित्त र एसवाई प्यानल छन् । त्यस्तै अपर स्याङ्गे हाइड्रोपावरको ४.७० प्रतिशत मूल्य बढ्यो ।
यस दिन ५६ कम्पनीको मूल्य बढ्दा १९७ कम्पनीको घट्यो भने ६ कम्पनीको स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।














