सुनको मूल्य हालसम्मकै उच्च



काठमाडौं ।स्थानिय बजारमा सोमबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

आज सून १९ सय रुपैयाँले बढेर दुई लाख ५८ हजार ८०० रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार सून मूल्य दुई लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भैईरहेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । महासंघका अनुसार प्रतितोला ४५ रुपैयाँले बढेर तीन हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : मंसिर २९, २०८२ सोमबार  ११ : १२ बजे