सुनको मूल्य घट्यो, तोलामा कति पूग्यो ?



काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।

मंगलबार सुन एक हजार ७ सयले घटेको हो।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ६० हजार ७ सयमा कारोबार भइरहेको सुन आज घटेर २ लाख ५९ हजारमा कारोबार भइरहेको छ।

त्यस्तै चाँदीको मूल्य आज ५ सय ३९ रुपैयाँले घटेको छ। आज प्रतितोला तीन हजार तीन सय ३१ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : पुस १, २०८२ मंगलबार  ११ : १२ बजे