काठमाडौं । ज्ञानपुञ्ज स्कुल अफ लिडरशीपले नेपालका युवाहरुहरुलाई व्यवसाय, नेतृत्व र बिक्री क्षमतामा रुपान्तरण ल्याउने सन्दर्भमा प्रशिक्षण दिने भएको छ । ज्ञानपुञ्जको आयोजनामा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बिजनेश प्रशिक्षक एवं मोटिभेस्नल स्पीकर भूपेन्द्रसिंह राठोरले नेपालका युवाहरुहरुलाई व्यवसाय र नेतृत्व क्षमता बढाउने प्रशिक्षण दिन लागेका हुन् ।
कार्यक्रममा राठोरले १ हजार ५ सयभन्दा बढी नेपाली युवा उद्यमी, व्यवसायी र विद्यार्थीहरुलाई प्रशिक्षण दिने छन् ।
आगामि माघ १६ गते भक्तपुरको जर्मन होम्समा आयोजना हुने ‘सेल्स बुस्टर २.०’ का प्रशिक्षक राठोर ‘थिंक रिच ईण्डिया’ का संस्थापक हुन् । उनले हालसम्म नेतृत्व क्षमता, व्यवसायिक रुपान्तरण र जीवनशैली रुपान्तरण सम्बन्धमा एक करोडभन्दा बढी व्यक्तिहरुलाई प्रत्यक्ष प्रशिक्षण दिइसकेका छन् ।
नेपाली उद्यमी र व्यवसायीकै अत्यधिक मागका आधारमा विश्वविख्यात प्रशिक्षक राठोरलाई नेपाल ल्याउन लागिएको आयोजक ज्ञानपुञ्ज स्कुल अफ लिडरशीपका कार्यकारी अध्यक्ष हरि डुम्रेले बताए ।
व्यवसायिक सीप बढाउन र बजारमा प्रभाव बढाउने उपायहरु सिकाउन विश्वभर सर्वाधिक खोजिनेमध्येका एक प्रशिक्षक भूपेन्द्रसिंह राठोरलाई नेपालमा स्वागत गर्दैछौं । धेरै सहभागिले जीवनउपयोगी लाभ लिनुहुनेछ’, डुम्रेले भने ।सहभागिहरुले ग्राहकको मनोविज्ञान बुझाई, बिक्री मानसिकता विकास, सशक्त सञ्चार सीप, तनाव तथा द्वन्द्व व्यवस्थापन सीप, कार्यस्थल अनुशासन र व्यवसायिक व्यवहार लगायतका विषयमा ज्ञान हासिल गर्ने उनले बताए ।
तालिममा सहभागिताका लागि खल्ती बाई आइएमई एपबाट टिकट लिन सकिन्छ । सहभागिले प्रमाणपत्रसँगै ज्ञान अभिवृद्धिमा मद्दत पुर्याउने स्टेशनरी र किट ब्याग प्राप्त गर्ने आयोजकले जनाएको छ । ‘सेल्स बुस्टर २.०’ ले मार्केटिङ सम्बन्धित व्यवसायमा आवद्धहरुलाई व्यवहारिक सीप, सकरात्मक सोच र रणनीतिक दृष्टिकोण प्रदान गर्ने पनि आयोजकले जनाएको छ ।














