भदौ २३ को घटना संविधान र व्यवस्थामाथिको धावा हो : ओली



काठमाडौं । नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाहरूलाई नेपालको संविधान, व्यवस्था र सार्वभौमसत्ता विरुद्धको योजनावद्ध आक्रमण भएको बताएका छन् ।

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले देश हाल विवेक र आवेगको दोबाटोमा उभिएको चर्चा गर्दै भत्काउने र बनाउने दुई सोच बीच द्वन्द्व भइरहेको दाबि गरे ।

उनले भदौ २३ को प्रदर्शनमा घुसपैठ भएको र शान्तिपूर्ण रूपमा घर फर्कन लागेका युवाहरूलाई नियोजित रूपमा निषेधित क्षेत्रतर्फ धकेलिएको आरोप लगाए ।

प्रकाशित मिति : फाल्गुन ७, २०८२ बिहीबार  ४ : ५५ बजे