तोलामा ४८ सय रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य तोलामा ४८ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलाको तीन लाख नौ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । यस दिन तोलामा २२५ रुपैयाँले घटेर पाँच हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : चैत्र १, २०८२ आईतबार  ११ : ०२ बजे