सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ । भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर ३ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । आइतबार सुनको मूल्य ३ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ५ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

आइतबार चाँदिको मूल्य ५ हजार २७० रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति : चैत्र २, २०८२ सोमबार  १० : ५६ बजे