एकैदिन तोलामा ५ हजार ४०० रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ ।

आज तोलामा ५ हजार ४०० रुपैयाँले घटेको हो ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तीन लाख सात हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य १४० रुपैयाँले घटेर तोलाको पाँच हजार १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : चैत्र ५, २०८२ बिहीबार  ११ : ०७ बजे