तोलामा २५ सय रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा २५ सय रुपैयाँले घटेको हो ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ ।अघिल्लो दिन दुई लाख ८६ हजारमा कारोबार भएको थियो ।

यस्तै, चाँदी आजका लागि चार हजार ७०० रुपैयाँ कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : चैत्र १६, २०८२ सोमबार  ११ : १८ बजे