सुनको मूल्य स्थिर, चाँदीको बढ्यो



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

अघिल्लो दिनमा पनि सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य ५० रुपैयाँले बढेर तोलाको चार हजार ८३० रुपैयाँमा कारोबार भईरहेका महासंघले जनाएको छ । अघिल्लो दिन चार हजार ७८० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : चैत्र २०, २०८२ शुक्रबार  ११ : ३८ बजे