पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट दिने सरकारको निर्णय



काठमाडौं। सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले कर घटाइएको जानकारी दिइन् ।

प्रकाशित मिति : चैत्र २४, २०८२ मंगलबार  २ : ३८ बजे