झिनो अंकले घट्यो नेप्से, ६ अर्ब ७३ करोडको कारोबार



काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार झिनो अंकले घटेको छ ।

यस दिन बजार २.६१ अंकले घटेर २७५७.४० विन्दुमा बन्द भएको छ ।

कुल ३४५ कम्पनीको एक करोड ७४ लाखभन्दा बढी कित्ता किनबेच हुँदा ६ अर्ब ७३ करोडको कारोबार भएको छ । अघिल्लो दिन १० अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको थियो ।

आज अधिकांश समूहका सूचक घटेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.०८ प्रतिशत बढ्यो । त्यस्तै व्यापार सबैभन्दा धेरै १.८८ प्रतिशत घट्यो ।हाइड्रोपावर ०.१५, अन्य ०.७१ तथा बैंकिङ ०.०४ प्रतिशत बढे । निर्जीवन बीमा ०.३३, माइक्रोफाइनान्स ०.१९, उत्पादन तथा प्रशोधन ०.०५, जीवन बीमा ०.४५, विकास बैंक ०.६२, फाइनान्स ०.४१ तथा लगानी ०.४६ प्रतिशत घटे ।

कारोबारमा आएका कम्पनीहरूमध्ये १७५ कम्पनीको सेयरमूल्य घट्दा ८२ को मात्रै बढेको छ भने १२ को स्थिर छ।

प्रकाशित मिति : चैत्र २४, २०८२ मंगलबार  ४ : ४८ बजे