तीन लाख नाघ्यो सुनको मूल्य, चाँदीमा पनि वृद्धि



काठमाडौं । नयाँ वर्ष २०८३ को दोस्रो कारोवार दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य २ हजार ९०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख २ हजार ७०० रुपैयाँ पुगेको छ ।अघिल्लो दिन सुनको मूल्य २ लाख ९९ हजार ८०० रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि १५५ रुपैयाँले बढेर तोलाको ५ हजार २२० रुपैयाँ पुगेको छ ।हिजो चाँदी ५ हजार ६५ रुपैयाँमा कारोबारर भएको थियो।

प्रकाशित मिति : बैशाख २, २०८३ बुधबार  ११ : २४ बजे