काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
आज सुन तोलामा तीन हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य दुई लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तोलाको तीन लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य १२० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














