काठमाडौं । इरानको संसद्का सभामुख मोहम्मद बागेर कालिबाफले होर्मुज जलमार्गमाथि इरानी फौजहरूले पूर्ण नियन्त्रण कायम राखेको बताएका छन्।
संयुक्त राज्य अमेरिकाले इरानी बन्दगाहहरूमाथि नाकाबन्दी जारी राखेसम्म उक्त महत्त्वपूर्ण जलमार्गमा अवरोध कायम राखिने उनले बताए।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तेहरानसँग शान्ति सम्झौता नभएसम्म होर्मुज जलमार्ग भएर आउजाउ गर्न खोज्ने जहाजहरूमाथि अमेरिकाले रोक लगाइरहने बताएका छन्।
इस्लामाबादमा अमेरिकासँग हालै भएको शान्तिवार्तामा इरानी टोलीको नेतृत्व गरेका सभामुख कालिबाफले वार्ताका क्रममा केही मुद्दामा निष्कर्षमा पुगेको पाकिस्तानी सरकारी सञ्चारमाध्यमलाई बताएका छन्। तर सम्झौता गर्न नसकिने केही मुद्दामा इरानको अडान कायम रहने उनले उल्लेख गरेका छन्।
सभामुख कालिबाफले अमेरिकासँग युद्ध अन्त्य गर्ने दिशामा वार्तामा प्रगति भए पनिू दुवै पक्ष शान्ति सम्झौतादेखि टाढाू रहेको बताएका छन्।
युद्धविरामको समय घर्किँदै गरे पनि दुई पक्षबीच अर्को चरणको वार्ताका लागि अहिलेसम्म मिति तय भइसकेको छैन।
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग निकै सुखद कुराकानीहरूू भइरहेको बताएका छन्। होर्मुज जलमार्गलाई लिएर अमेरिकालाई ब्ल्याकमेलू गर्न नपाइने उनको टिप्पणी छ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अमेरिकाले नयाँ प्रस्तावहरू पठाएको र तेहरानले त्यसको समीक्षा गरिरहेको तर प्रतिक्रिया जनाउन बाँकी रहेको जनाएको छ।














