सुनको मूल्य घट्यो, तोलामा कति पूग्यो ?



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा तीन हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार दुई लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर प्रतितोला चार हजार ९१४ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : बैशाख १६, २०८३ बुधबार  ११ : ३१ बजे