तोलामा ४ हजार रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

आज सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तीन लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला पाँच हजार ३९० रुपैयाँमा किनबेच भएको छ ।

प्रकाशित मिति : जेष्ठ १, २०८३ शुक्रबार  ११ : ०२ बजे