सामान्य अंकले घट्यो नेप्से, ३ अर्ब ८ करोडको कारोबार



काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ।

आज नेप्से परिसूचक ६.५१ अंकले घटेर २ हजार ७२४.३९ विन्दुमा बन्द भएको हो ।

यस दिन ७८ लाख १६ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ३ अर्ब ८ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बैंकिङ ०.१०, होटल तथा पर्यटन ०.५६, हाइड्रोपावर ०.५०, लगानी ०.२२, जीवन बीमा ०.२२, उत्पादन तथा प्रशोधन ०.६७ तथा अन्य समूह ०.३९ प्रतिशत घटे ।निर्जीवन बीमा ०.५६, माइक्रोफाइनान्स ०.१२, विकास बैंक ०.७७ र फाइनान्स ०.०७ प्रतिशत बढे ।

त्यसैगरी, आज ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। १२ कम्पनीको सेयरमूल्य स्थिर छ ।

प्रकाशित मिति : जेष्ठ ५, २०८३ मंगलबार  ४ : ३८ बजे