महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान विजयी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्ष पदमा सुरकृष्ण वैद्य र कोषाध्यक्ष पदमा मनिषलाल प्रधान विजयी भएका छन्।

निर्वाचन समितिले मतपरिणाम सार्वजनिक गर्दै उनीहरूको विजयको औपचारिक जानकारी दिएको हो।

वरिष्ठ उपाध्यक्षमा वैद्यले ५६ मत पाएका छन्। उनका प्रतिद्धन्द्धी रामचन्द्र सघईले ३० मत मात्र पाएका छन्। यस्तै महासंघको कोषाध्यक्षमा मनिषलाल श्रेष्ठ चयन भएका छन्।

कोषाध्यक्षमा मनिषलालले ६१ मत पाए। प्रतिस्पर्धी अम्बिकाप्रसाद पौडेलले २५ मत प्राप्त गरेको महासंघको निर्वाचन समितिले जानकारी दिएको छ।

प्रकाशित मिति : जेष्ठ ८, २०८३ शुक्रबार  ४ : ३५ बजे