काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ।
आज नेप्से परिसूचक २७.८५ अंकले बढेर २ हजार ७८६.३५ विन्दुमा बन्द भएको हो।
आज एक करोड ८ लाख ८८ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ५ अर्ब ९८ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
बैंकिङ ०.८५, विकास बैंक ०.६९, फाइनान्स ०.५७, होटल तथा पर्यटन १.०२, लगानी ०.७४, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन १.३५, माइक्रोफाइनान्स ०.९९, निर्जीवन बीमा ०.९५, अन्य १.२३ तथा व्यापार ०.३२ प्रतिशत बढे ।आज मूल्य धेरै बढेका पाँच कम्पनीमा सबै जलविद्युत् समूहका रहे । थ्रीस्टार हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.०१ प्रतिशत बढ्यो ।
त्यसैगरी, आज २१७ कम्पनीको सेयर मूल्य बढेको छ भने ४७ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। ६ कम्पनीको सेयरमूल्य स्थिर छ।














