काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ।
आज सूनको मूल्य प्रतितोला चार सय रूपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ११ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला तीन लाख १० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।सोमबार प्रतितोला पाँच हजार तीन सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार चार सय पाँच रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।














