काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ ।
मंगलबार तोलामा चार सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ११ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य भने घटेको छ। मंगलबार प्रतितोला पाँच हजार चार सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार तीन सय ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।














