काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् ।
सोमबार सम्पन्न २८औं वार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा निर्विरोध निर्वाचित गरेसँगै सञ्चालक समितिले अग्रवाललाई आगामी चार वर्षको लागि अध्यक्ष पदमा नियुक्त गरेको हो ।
नवनियुक्तअध्यक्ष अशोक कुमारअग्रवालले सोही दिन नेपालराष्ट्र बैंकका गर्भनर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ लिएका हून्।














