सुनचाँदीको मूल्य घट्यो, तोलामा कति पुग्यो ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

आज सूनको मूल्य तोलामा २१ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला तीन लाख ९ हजार कायम भएको हो ।अघिल्लो दिन बिहीबार तीन लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी तोलामा ५५ रुपैयाँ घटेर पाँच हजार २३० मा कारोबार भएको छ । अघिल्लो दिन पाँच हजार २८५ मा कारोबार भएको थियो ।

प्रकाशित मिति : जेष्ठ २२, २०८३ शुक्रबार  ११ : २१ बजे