नेप्सेमा सामान्य गिरावट, ६ अर्ब ४४ करोडको कारोबार



काठमाडौँ । साताको दोस्रो कारोबार दिन मंगलबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १.५४ अंकले घटेर २ हजार ७३३.५९ विन्दुमा बन्द भएको हो ।

आज एक करोड २३ लाख ८२ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ६ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बैंकिङ ०.०३ अंक मात्रै घट्यो । विकास बैंक ०.०६, लगानी ०.१२, जीवन बीमा ०.३७, माइक्रोफाइनान्स ०.२०, निर्जीवन बीमा ०.४६ तथा व्यापार ०.३८ प्रतिशत घटे । अन्य ०.२९, उत्पादन तथा प्रशोधन ०.२६, जलविद्युत् ०.०१, होटल तथा पर्यटन समूह ०.१२ प्रतिशत बढे ।

त्यस्तै, आज १०५ कम्पनीको सेयर मूल्य बढेको छ भने २५१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। १५ कम्पनीको सेयरमूल्य स्थिर छ ।

प्रकाशित मिति : जेष्ठ २६, २०८३ मंगलबार  ४ : ०३ बजे