रेमिट्यान्समा रेकर्ड : वैशाखमा मात्रै भित्रियो साढे २ खर्ब



काठमाडौं । गत वैशाख महिनामा नेपालमा किर्तीमानि रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार महिनामा मात्रै २ खर्ब ५७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । यो रकम नेपालमा एकै महिनामा भित्रिएको हालसम्मकै धेरै रेमिट्यान्स हो। ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको वैशाखसम्म १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रेमिट्यान्स आप्रवाह गत आवको सोही अवधिको तुलनामा ४१.२ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा १३ खर्ब ५७ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको थियो ।

त्यसैगरी चालु आवको वैशाखसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख ३५ हजार ५सय १० र पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख २६ हजार ३ सय ६४ रहेको छ ।

प्रकाशित मिति : जेष्ठ २६, २०८३ मंगलबार  ७ : ०७ बजे