काठमाडौं ।नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा १० हजार एकसय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १० हजार एक सय रुपैयाँ घटेर दुई लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको हो । मंगलबार तीन लाख एक हजार ९०० रुपैयाँ कायम थियो ।
यस्तै चाँदीको मूल्य तोलामा १८५ रुपैयाँ घटेको छ । यससँगै चाँदी प्रतितोला चार हजार ७४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।














