एकैदिन तोलामा ५ हजार १०० रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौँ, जेठ २८ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

सुन तोलामा रु पाँच हजार १०० र चाँदी रु ९० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ८६ हजार ७०० कायम भएको छ । एक तोला चाँदीको मूल्य रु चार हजार ६५० निर्धारण भएको छ ।

हिजो एक तोला सुन रु दुई लाख ९१ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ७४० मा कारोबार भएको थियो ।

प्रकाशित मिति : जेष्ठ २८, २०८३ बिहीबार  ११ : १८ बजे