तोलामा ५ हजार ३०० रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य ५ हजार ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ५ हजार ३०० रुपैयाँले बढेर २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको छ । बिहीबार सुनको मूल्य २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला ४ हजार ८४० रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदीको मूल्य ४ हजार ६५० रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति : जेष्ठ २९, २०८३ शुक्रबार  ११ : २० बजे