काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेनजी आन्दोलनपछि नेपालको आर्थिक गतिविधिमा मन्दी छाएको बताएका छन् ।
सोमवार राष्ट्रिय सभा बैठकमा बजेटबारे सांसदहरुले उठाएका प्रश्नको जवफ दिने क्रममा उनले उक्त कुरा बताएका हून् ।
अर्थमन्त्री वाग्लेले जेन–जी आन्दोलनपछि मुलुकले कोल्टे फेरेको उल्लेख गर्दै त्यसैलाई न्याय दिने हिसावले सरकारले आफनो नीति, कार्यक्रम र बजेट तय गरेको पनि बताए ।
उनले कोभिडपछि मुलुकको अर्थतन्त्र लयमा फर्किन नसकिरहेको भन्दै त्यसलाई चलायमान बनाउने हिसावले सरकारले बजेट ल्याएको पनि बताए।
अर्थमन्त्री वाग्लेले भने,‘जेन–जी आन्दोलनपछि मुलुकको राजनीतिले कोल्टे फेरेको छ । त्यसलाई न्याय गर्ने हिसावले, प्रतिनिधित्व गर्ने हिसावले हामी अगाडि बढेकै हो । नेपालको अर्थमन्त्री मूलत यो कोभिडपछि हाम्रो अर्थतन्त्र लयमा फर्किन सकेको छैन । त्यसैले विगत वर्षदेखि यो कमजोर माग छ । बजारमा कुनै पनि कुराको डिमान्ड नै छैन । क्रय, विक्रय नै हुन सकिरहेको छैन । खर्च गर्न सक्ने त्यो शक्ति कि शिथिल छ, कि पलायन भएको छ । त्यसैले अहिले यो बजारलाई झक्झक्याउनु पर्दछ । अहिलेको बजेटले त्यो कुरालाई जोड दिएको छ ।’














