काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ।
सोमबार तोलामा पाँच हजार रूपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला तीन सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ९८ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला पाँच हजार १५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय ९० रूपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।














