सुनको मूल्य घट्यो, तोलामा कति पुग्यो ?



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला दुई लाख ९७ हजार ३०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । यससँगै चाँदी प्रतितोला चार हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : असार ३, २०८३ बुधबार  ११ : ०७ बजे