एकैदिन तोलामा साढे १० हजारले घट्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य तोलामा १० हजार ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ८६ हजार ७०० रुपैयाँ तोकिएको छ । बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ३०५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला चार हजार ६४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : असार ५, २०८३ शुक्रबार  ११ : ०७ बजे