काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ।
आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रूपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ८७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ।आइतबार प्रतितोला चार हजार ६ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार सात सय ३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । ।














