एकैदिन तोलामा ४७ सय रूपैयाँले बढ्यो सुनको मुल्य



काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ।

आज सुनको मुल्य प्रतितोला चार हजार सात सय रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ७९ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ।शुक्रबार प्रतितोला चार हजार एक सय ८० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार तीन सय २५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : असार १४, २०८३ आईतबार  १० : ५८ बजे