काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।
सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ८२ हजार ४०० रुपैयाँमा कायम छ । आइतबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ८०० रुपैयाँमा कारोबा्र भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला चार हजार ३१० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।














