एकैदिन तोलामा ४५ सय रूपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ।

आज सुनको मूल्य तोलामा चार हजार पाँच सय रूपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ८२ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला चार हजार तीन सय १० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार दुई सय ८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : असार १६, २०८३ मंगलबार  ११ : १२ बजे