इन्धनको मूल्य घटेसँगै घट्यो हवाई भाडा



काठमाडौं । इन्धनको मूल्य घटेसँगै हवाई भाडा समायोजन भएको छ ।

नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई भाडा समायोजन गरेको हो वायुसेवा कम्पनीहरूले भाडा घटाएका छन्।

क्यानले हवाई भाडा समायोजन गरेसँगै वायुसेवा कम्पनीहरूले बुधबारैदेखि लागू हुने गरी भाडा घटाएका छन्।

काठमाडौंबाट सबैभन्दा टाढाको गन्तव्य धनगढीको भाडामा १७६५ रुपैयाँले कमी आएको छ भने नजिकको गन्तव्य सिमराको भाडा ३६० रुपैयाँले घटेको छ।

काठमाडौं–विराटनगर उडानको भाडा ९६० रुपैयाँले घटेको छ।

तस्तै ३० मिनेट उडान समय रहेको काठमाडौं–पोखराको साविकको चार हजार २७० बाट ६३५ ले घटेर तीन हजार ६३५ कायम भएको छ ।

प्रकाशित मिति : असार १७, २०८३ बुधबार  ७ : ०४ बजे