एकैदिन तोलामा ६२ सय रूपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ।

आज सुनको मूल्य तोलामा ६ हजार दुई सय रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ७७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला चार हजार दुई सय ७० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार चार सय ५० रूपैयाँमा कारोबारभइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : असार १८, २०८३ बिहीबार  ११ : ०४ बजे