सामान्य घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

यसदिन सुनको मूल्य तोलामा चार सय रूपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ९० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार तोलामा चार हजार ६ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार चार हजार ६ सय पाँच रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : असार २१, २०८३ आईतबार  ११ : १२ बजे